लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

tillotmacitynews - 2022 Jul 29 09:00 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९।  लुम्बिनी प्रदेश सभामा गठीत बिषयगत समितिका सभापतिहरूले सपथग्रहण गरेका छन् ।शुक्रबार प्रदेश सभा सचिवालयमा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।सपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन् ।प्रदेश सभामा रिक्त रहेका चार बिषयगत समिति सभापति पदका लागि बुधबार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्वरोध निर्वाचित भएका थिए ।


प्रदेश सभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिष्णु प्रसाद पन्थी,अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी,कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा पनि एमालेकै बाबुराम गौतम निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्