लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब नागरिकतामा आमा वा बाबुको थर रोजेर राख्न मिल्ने

tillotmacitynews - 2022 Jul 28 09:48 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९ । सरकारले छोराछोरीले आमा वा बाबुको थर रोज्न पाउने गरी नागरिकता विधेयकमाथिको संशोधन स्वीकार गरेको छ । सांसदहरूले नागरिकता विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्तावमध्ये केही संशोधन स्वीकार गरेको हो ।प्रतिनिधि सभा बैठकमामा विधेयकमाथि भएको दफावार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले संशोधन स्वीकार गरेका हुन्। गृहमन्त्री खाणले अन्य संशोधन समेत स्वीकार गरेका छन् । जसमध्ये ‘नागरिकता लिन चाहने व्यक्तिले आमा वा बाबुको थर उल्लेख गर्ने भन्ने रोज्न पाउने’ व्यवस्था र ठेगाना पनि व्यक्तिले रोज्न पाइने व्यवस्था रहेका छन् ।


संशोधनमार्फत सरकारले नागरिकतामा लैंगिक पहिचानको व्यवस्थालाई समेत स्वीकार गरेको छ । सरकारले सांसदहरूले हालेको संशोधनमार्फत १६ वर्ष उमेर पूरा भएपछि वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था स्वीकार गरेको छ । त्यस्तै, नागरिकताको अभिलेखमा आमा वा बाबुको नागरिकताको विवरण राख्ने व्यवस्था समेत सरकारले संशोधनमार्फत स्वीकार गरेको छ ।सरकारले स्वीकार गरेको संशोधनहरूसहित अब यो विधेयक प्रतिनिधि सभामा निर्णयार्थ पेश हुनेछ । सरकारको प्रस्ताव पारित भए नागरिकता विधेयक प्रतिनिधि सभाबाट टुंगो लाग्नेछ । प्रतिनिधि सभाबाट टुंगो लागेपछि यो विधेयकले ६० दिनभित्र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ ।

कमेन्ट गर्नुहोस्