
तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। रोटर्याक्ट क्लव अफ तिनाउ सिटीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । कार्यक्रममा बर्ष ०२१÷२२ का अध्यक्ष अशोक ज्ञवालीले बर्ष ०२२-२३ का अध्यक्ष मनोरथ अर्याललाई पद हस्तान्तरण गर्नुभएको थियो ।क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले बर्ष ०२२–०२३ का अध्यक्ष लाई अर्याललाई पदतथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।पद हस्तान्तरण कार्यक्रममा बोल्दै महानायक राजेश हमालले युवाहरुनै देश समृद्धि बनाउने बाहक रहेको भन्दै युवाहरु संगठित भएर लाग्नुपर्ने बताउनुभयो । अहिलेका युवाहरुलाई तत्कालको तत्काल परिणाम चाहिने भएपनि त्यस्तो परिणाम दिगो नहुने भन्दै युवामा धैयर्ता, लगनशिलता र ईमान्दारिता भए देशमा सुसासन र विकासले फड्को मार्ने बताउनुभयो ।
धेरै युवाहरुमा विदेशमा गएपछि मात्र सफलता हात पार्न सकिन्छ भन्ने मनोभाव रहेको भन्दै नेपालमा थोरै लगानी तर नयांपनको काम गरेपनि विदेशमा कमाउने भन्दा बढि रकम नेपालमै कमाउन सकिने बताउनुभयो ।पछिल्लो समय विकसित भइरहेको सामाजिक सञ्जालको प्रयोगले धेरै युवाहरुलाई अल्छि समेत बनाएको भन्दै फर्सुदको समयमा सामाजिक सञ्जालमा रम्नुको सटट केही नयां अनुसन्धानमा युवाहरु लाग्नुपर्ने बताउनुभयो । रोटरी बुटवल साउथका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्यले समाज रुपान्तरणमा युवाहरुको महत्वपुर्ण भमिका रहेको भन्दै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष मनोरथ अर्यालले एक बर्षको अवधिमा क्लवका सदस्यहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै सरसफाई, शैक्षिक सामाग्री वितरण, खेल प्रबद्र्धनात्मक कार्यक्रमलाई अघि बढाउने बताउनुभयो । सो अबसरमा रोट्याक्ट क्लव अफ तिनाउ सिटी बर्ष खेलाडि बाट क्रिकेट खेलाडि कुशल मल्ललाई नगद सहित सम्मान गरिएको थियो ।कार्यक्रममा रोट¥याक्ट बुटवल साउथका अध्यक्ष भुपेन पाण्डे, रोटरी बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्लबका पूर्व अध्यक्ष उमानाथ अधिकारीको स्वागतप, पुर्व अध्यक्ष प्रकाश पराजुलीको धन्यवाद मन्तव्य रहेको कार्यक्रम को सचांलन राजु भुर्तेल र शुभेच्छा पाण्डेले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्