लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतियामा नि:शुल्क रगत व्यवस्थापन हुन्छ : अध्यक्ष यादव

IMG

तिलोत्तमा सिटी न्युज, साउन ७ गते २०७९।  रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ खुन्सामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “सामाजिक चेतना, हाम्रो स्वाभियान, विकास र परिवर्तन क्लबको पहिचान” भन्ने नारा बोकेको न्यु दिपज्योति युवा क्लबको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतियाको सहजीकरणमा शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले युवाहरु यसरी सामाजिक कार्यमा सक्रिय रहेको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो । युवाहरु चाहे के हुँदैन भन्ने कुराको व्याख्या गर्दै क्लबले सामाज रुपान्तरणका लागि गर्दै आएको कामको प्रशंसा गर्नुभयो । उहाँले रगतको अभावमा कतिपयले अकालमै ज्यान गुमाउनुपरेको अवस्था रहेको बताउँदै अबको आउने दिनमा पालिकाभित्र नि:शुल्क रगतको व्यवस्थापन गर्ने घोषणा गर्नुभयो।


त्यस्तै गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले क्लबले गर्दै आएको कामहरु सराहनीय रहेको बताउनुभयो । उहाँले युवाहरुबाट नै समाज रुपान्तरण सम्भव रहेको बताउँदै पालिकाभित्र सक्रिय रुपमा सञ्चालनमा रहेका क्लबहरुलाई आउने दिनमा पालिकाबाट सहयोग गरिने बताउनुभयो । ‘यो वर्ष हामी नयाँ भएकोले योजनामा यस्ता कार्यक्रमहरु खासै समेट्न सकेनौं तर आउने दिनमा युवा क्लब र साथै पालिकास्तरबाट नै यस्ता कार्यक्रमहरु सञ्चालन गर्नेछौं’, उपाध्यक्ष चौधरीले भन्नुभयो ।ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बरालले रगतदान जीवनदान भएको बताउदै सम्पूर्ण स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखाले खेलेको भुमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । यस्ता सामाजिक संस्थाहरुको लागि जुन बेलापनि हामी साथसाथै रहने र वडा कार्यालयले आउने दिनमा सक्दो सहयोग गर्ने बताउनुभयो ।


त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृण्ण चौहान क्षेत्रीले गत साउन १ गतेबाट सरकारी अस्पतालहरुमा निशुल्क ब्लड उपलब्ध गराएको र यी कामको नेपाल स्वयंसेवी रक्तदाताको स्वागत छ तर सरकारी काममा मात्र नभएर निजि अस्पतालहरुमा पनि निशुल्क रगत उपलब्ध हुनुपर्ने भनेर हाम्रो संस्थाले माग गर्दै आइरहेको बताउनुभयो ।यसैगरी कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा सदस्य जनप्रतिनिधि सपना थापा, नेकपा एमाले सचिव श्याम बस्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सरु राना, खुन्सा मगर संघका अध्यक्ष तम्बर मगर लगायत वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । बृहत रक्तदान कार्यक्रम ३५ युनिट ब्लड सङ्कलन भएको थियो ।

कमेन्ट गर्नुहोस्