लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कक्षा ६ सम्म दिवा खाजा नि:शुल्क लागू गर्न निर्देशन

IMG

तिलोत्तमा सिटी न्युज, साउन ४ गते २०७९ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम सरकारले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट बिनियोजन गरेको छ । सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।


शाखा अधिकृत रामप्रसाद शर्मा कार्यक्रम कार्यन्वयन सम्बन्धी विस्तृत कार्यक्रिया कार्यक्रम कार्यन्वयन पुस्तिका, २०७९/८० मा उल्लेख भई आउने भएकोले सोही अनुसार गर्नु गराउन अनुरोध गरेका छन् ।


कमेन्ट गर्नुहोस्