लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, साउन ३ गते २०७९ । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । सोमबार कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री खडक थापाको उपचारका क्रममा मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो।  


पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर दिइ घाइते भएका गौरीगंगा नगरपालिका-२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको आज उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइकल यात्रीलाई ठक्कर दिएको हाे।  बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्