लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एआईजी विश्वराज पाेखरेलद्वारा राजीनामा

IMG

तिलोत्तमा सिटी न्युज, साउन २  गते २०७९ ।  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेखरेलले राजीनामा दिनुभएकाे छ ।खरेलले आज साेमवार दिउँसाे प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएकाे केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले उज्यालाेलाई जानकारी दिनुभयाे । पाेखरेलकाे राजीनामा स्वीकृत हुन बाँकी छ । ०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेकाे भन्दै वैशाख १९ गते पाेखरेल सरकारकाे निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालत पुग्नुभएकाे थियाे । पाेखरेलले दायर गर्नुभएकाे रिट सर्वाेच्चले असार ३१ मा खारेज गरेसँगै पाेखरेलसँग सिंहलाई आईजीपी स्वीकारेर काममा फर्किने कि राजीनामा दिने भन्ने विकल्प थियाे । 

कमेन्ट गर्नुहोस्