
तिलोत्तमा सिटी न्युज, असार २६ गते २०७९। यस क्षेत्रको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकि अभियन्ता तथा जागरण अभियानकि देहता आनीक रानाले आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेकी छन्। तेश्रोलिंगी महिला तथा अधिकारकर्मी आनिक रानाको उपचारमा आर्थिक अभाब भएको छ । मुखको क्यान्सरबाट पिडित राना अहिले चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन ।उनले आफ्नो उपचारमा आर्थिक रकम अभाव भएको भन्दै आर्थिक सहयोगका लागि सार्बजनिक अपील समेत गरेकी छन् । तिलोतमा नगरपालिका ९ सुनेनापथ मिलिजुली टोलमा बस्दै आएकी रानामगर साहसी कदम नेपालका अध्यक्ष समेत हुन् भने संचारकर्मी समेत हुन् ।
उनी जेठ ४ गतेदेखि अस्पतामै भर्ना भएकी छन् । उनको भैरहवामा रहेको एभरेष्ट बैंक लिमिटेडमा रहेकाे यमबहादुर राना (आनिक) को खाता नम्बर ००५००५०१००३७०४ मा रकम जम्मा गरिदिएर सहयोग गर्न समेत नागरिक अनलाइनमार्फत् आग्रह गरिन् ।
म डेढ महिनादेखी जीवन मरणको अवस्थामा छु,,यहि बेला म बस्दै आएको घरबेटीले घरबाट निकालेका छन् ,म अस्पतालमा रुदै दिन काटिरहेकी छु । उनने भनिन् । मानवीयता सम्झेर जीवन बचाइदिन उनको आग्रह छ ।यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी अभियान्ता समेत रहेकी राना अहिले राेगबाट ग्रसित भएकी हुन् ।
कमेन्ट गर्नुहोस्