लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा तिनाउ नदीमा अस्मिताको शव भेटियो, घटना संकास्पद अनुसन्धान हुदै

IMG

तिलोत्तमा सिटी न्युज, असार २६  गते २०७९ । रुपन्देहीको तिलोत्तमा-३ मा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्मा रहेकी छन् । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा-६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेकि हुन। 


अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए । उनले फोन जानेवित्तिकै आफू रुपन्देही आई साँझसम्मै छोरीलाई खोज्दा नभेटेको बताए । उनले ईलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरीसमेत दिएका थिए । 'रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन,' उनले भने, 'राति २ छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।'आइतबार दिउँसो साढे १ बजेतिर भने तिनै जेठानकी श्रीमतीले छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले बताए । उनीहरु आइपुग्दा शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइसकिएको थियो । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको नागेन्द्रले बताए । ।

कमेन्ट गर्नुहोस्