लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिलो कान्छो सगरमाथा आरोही शम्भुको निधन

IMG

तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९। विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ ।सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो समयदेखि क्यान्सर पीडित थिए। तामाङको बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ ।


उनले सन् १९७३ मे ५ मा सगरमाथाको आरोहण गरेका थिए। त्यसबेला उनको उमेर १७ वर्ष ६ महिना १५ दिन रहेको थियो । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उहाँले नाम गिनिजबुकमा लेखेका थिए । तामाङका श्रीमती, एक छोरा र एक छोरी छन्।



कमेन्ट गर्नुहोस्