
तिलोत्तमा सिटी न्युज, असार १५ गते २०७९। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वहुमतले पारित भएको छ ।प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।बुधबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले बजेट कार्यान्वयनमार्फत प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सबैको साथ लिएर सरकार अघि बढ्ने बताए ।वजेटमाथि छलफलका क्रममा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले भने नीति र कार्यक्रम भन्दा बाहिर गएर चुनाव लक्षित टुक्रे योजनामा रकम बाँड्ने गरी बजेट ल्याइएको भन्दै चर्को आलोचना गरेका थिए ।
प्रदेश प्रहरी र सञ्चार विधेयक पारित
प्रदेश सभाको बुधबारको बैठकबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । दुवै विधेयक कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् ।प्रदेश सभा वैठकमा मुख्यमन्त्री केसीले माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला खत्री वलीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको जानकारी गराएका थिए ।
कमेन्ट गर्नुहोस्