लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रीलङ्कामा अत्यावश्यक बाहेकका गाडीलाई इन्धन रोक

IMG

तिलोत्तमा सिटी न्युज, असार १४ गते २०७९। श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र खाद्यान्न ढुवानीका लागि प्रयोग हुने गाडीलाई मात्र पेट्रोल भर्न दिने घोषणा गरेको बीबीसीले जनाएको छ । यस्तै सहरी क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । सरकारी अधिकारीहरूले दुई करोड २० लाख जना मानिसलाई घरबाटै काम गर्न भनेका छन् ।


श्रीलङ्का अहिले इन्धन, खाद्यान्न, औषधिजस्ता वस्तुको आयातको रकम तिर्न सङ्घर्ष गरिरहेको छ ।श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनेवर्देनाले देश खराब आर्थिक सङ्कटमा रहेकाले अबको दुई हप्ता निजी गाडी तथा अत्यावश्यकबाहेकका सबै गाडीलाई पेट्रोल बिक्री बन्द गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्