लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा बढ्यो खानेपानी समस्या, नियमितभन्दा ५० लाख लिटर कम आपूर्ति

IMG

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। बुटवल उपमहानगरमा खानेपानीको प्रयाप्त आपूर्ति नहुँदा उपभोक्ता आजित बनेका छन् । वर्षासँगै धारामा आउने धमिलो पानी समेत हप्तादिनदेखि नआउँदा यहाँका जनताले गुनासो गर्न थालेका छन् ।पछिल्लो केही हप्तादेखि खानेपानी आपूर्तिमा एक्कासी गिरावट आएपछि बुटवल बासीको जनजीवननै प्रभावित भएको छ । बुटवल खानेपानी संस्थान अन्तरगतका सेवाग्राहीले प्रयाप्त पानी पाउन सकेका छैनन् । संस्थानले नियमित वितरण गर्नेभन्दा करिब ५० लाख लिटरले कमी आएको छ । ‘दैनिक करिब २ करोड ५० लाख लिटर पानी वितरण हुँदै आएकोमा अहिले दैनिक २ करोड लिटर मात्रै पानी उपलब्ध गराउन सकेका छौं ।’ हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । बारम्बारको विद्युत ट्रिपिङका कारण नियमित अनुसार पानी वितरण गर्न नसकिएको उनले बताए ।


दैनिक दर्जनौ पटक विद्युत आउने जाने, भोल्टेज काम आउने लगायतका कारणले मोटर पम्प सञ्चालन गर्न नपाउँदा नियमित अनुसार पानी वितरण गर्न नपाइएको प्रमुख भट्टले बताए । यस विषयमा नेपाल विद्युत प्राधिकरणसँग छलफ गरे पनि उनीहरुले समेत माग अनुसार आपूर्ति नहुँदा समस्या हुने कुरालाई स्वीकार गरेको बताए । डेडिकेटेड फिडरहरुमार्फत दैनिक २०÷२५ वटा मोटर लगाएर पानी तान्ने काम भएपनि विद्युत अवरुद्ध हुँदा पूरा समय चल्न गरेका छैनन् । विगत वर्षजस्तो वर्षायाम सुरु नभएका कारण वैकल्पिक मुहानहरुको समेत प्रयोग गर्न नपाइएको संस्थान प्रमुख भट्टले बताए ।


खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । वितरण भने पुगनपुग दुई करोड ५० लाख लिटर मात्रै छ । यसरी दैनिक करिब ८२ लाख लिटर खानेपानी अपुग छ । अहिले १ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनि पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ । यसका कारण बुटवलमा पानीको अभाव बर्सेनि बढ्दो छ ।ग्लोबल आवाज बाट 

कमेन्ट गर्नुहोस्