लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७१ दिनपछि अमृता खत्री टण्डनकाे शव उठाउने सहमति

IMG

तिलोत्तमा सिटी न्युज, असार ९ गते २०७९ । गत चैत ३० मा तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २९ वर्षीया अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएको ७१ दिनमा आफन्तले दाहसंस्कार गर्ने भएका छन् । सोही दिन साँझ करिब साढे ८ बजे माइतबाट सकुशल घर पुगेकी अमृताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । विष सेवनबाट मृत्यु भएको भनिएको उनको  घर (टण्डन) पक्षले विष सेवन गराएर मृत्यु भएको भन्दै माइती (खत्री) पक्षले न्यायको लागि पटक पटक प्रशासन धाएका थिए । 


मृतक अमृतका दाइ पुस्पक खत्रीकाअनुसार मृतक अमृताको नाममा विद्यालयका १ लाख को अक्षय कोष स्थापना गरिदिने, मृतककाे नाबालक छोराको हेरचाहको लागि घरपक्षबाट नियमित रेखदेख र खर्च उपलब्ध गराउने सहमति भएपछि दाहसंस्कार गर्न लागिएको हाे । उनकाअनुसार मृतक अमृताका छोरा अध्ययन गर्ने विद्यालयमा घर पक्षले १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिने र नातिको नियमित हेरचाह, औषधी उपचार लगायत खर्च बेहोर्ने सहमति भएको छ । नाबालक छोरा भने अहिलेलाई मामाघर नै बस्ने छन् । मृतकका ससुरा दहल बहादुर टण्डन र सासु दिपा कुमारी टण्डन धरौटीमा रिहा भएका छन् भने भने श्रीमन् प्रेम टण्डन अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । 

कमेन्ट गर्नुहोस्