लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा सरसफाई र हरियाली प्रबर्द्धनको ८६ ओेें संस्करण

IMG

तिलोत्तमा सिटी न्युज, असार १ गते २०७९ ।  तिलाेत्तमा नगरपालिकाकाे आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न. ९ काे सिक्स लेन सडक मंगलापुर चाेकमा ८६ ओेें  संस्करण सम्पन्न भएको छ।  हरेक महिनाको १ र १५ गते हुने सो शृंखला अन्तर्गत आज सम्पन्न सरसफाई अभियानमा नगर प्रमुख रामकृष्ण खांडकाे प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष ध्रुव  न्याैपानेको अध्यक्षतामा वडा अन्तर्गतका कार्यपालिका सदस्य, वडा सदस्यहरू, वडाका सम्पुर्ण टाेल विकास संस्था पदाधिकारी,  आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ९ का आम  नागरिकहरुकाे सहभगिता रहेको थियो। 


मंगलपुर चाेक देखि शंकरपुर चाेक लगायतका क्षेत्रमा बृहत् सरसफाई गरिएको सो कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जाेड दिनुपर्ने सुझाब ब्यक्त गर्नुभएकाे थियाे। सो कार्यक्रममा निबर्तमान वडाअध्यक्ष नारायण न्याैपानेले विगत वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्यमा उल्लेख्य सहभागीता रहने र सो कार्यमा आफ्नो र पार्टीको समेत सक्दो सहयाेग रहिरहने प्रतिबद्वता ब्यक्त गर्नु भएकाे थियाे। नगर सफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको सन्चालन वडा नम्बर ९ का सचिव माया गैरेले  गर्नु भएकाे थियाे।  





कमेन्ट गर्नुहोस्