
तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट ०८ जना निको भएका छन् भने हाल देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये १०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४०५पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्