लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नापी कार्यालय भैरहवाका अमिन घुससहित पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९।  रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।


सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए ।भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्