लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तारा एअर दुर्घटना : १० जनाको शव काठमाण्डाै ल्याइयाे

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ ।नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइनेछ ।


हिजो आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।हिजो दिनभर खोज्दा नभेटिएको विमान आज बिहान भेटिएको थियो । विमानमा आगो नलागे पनि सिधै पहाडमा ठोक्किएकाले क्षतविक्षत अवस्थामा शवहरू भेटिएका नेपाली सेनाले जनाएको छ । विमानमा १६ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए । 



कमेन्ट गर्नुहोस्