लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

को हुन? तिलोत्तमाका नवनिर्वाचित मेयर रामकृष्ण खाण

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। बि.स. २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खांण नेपाली काँग्रेस रुपन्देहीका हाल सभापती समेत छन् । नव निर्बाचित मेयर तथा नेपाली कांग्रेसका नेता खाँणका बुवाआमा उनि नजन्मदै बि.स. २०१७ सालमा स्याङ्जा दिसिङकोट-९ हालको चापाकोट नगरपालिकाबाट रुपन्देहीमा बसाई रहेको थियो।


नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्लाबासीका लागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय छन् । उनी बर्तमान सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका सहोदर भाइ हुन । उनका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय थिए । रामकृष्ण  बि.स. २०३५ सालदेखि नै आफ्ना बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लागेका थिए । बि.स.२०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष भएका थिए । 


बि.स. २०५४ सालमा उनी काँग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भए । सामाजिक कार्यमा सधै अग्रसर भै राजनीति संगै समाजसेवा गर्दै आएका उनी बि.स.  २०६६ सालमा जिल्ला सचिव भए । त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतीमा निर्विरोध निर्वाचित भएका हुन् । आफु जिल्ला सचिव हुदा  बि.स. २०७४ सालको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेर झिनो मतले पराजित भएका थिए ।तर उनलाई जितको भोकले छोडेन , सोहि अनुरुप हारको बदला जितबाट लिन सफल भए मेयर रामकृष्ण खाण।  


नाम – रामकृष्ण खाण

जन्म –  बि.स. २०२२ माघ १७ गते

बुबा – इन्द्र बहादुर खाण

आमा –टोप कुमारी खाण

स्थान –तिलोत्तमा नगरपालिका वडा नं ८ रुपन्देही

श्रीमती – सिमा खाण

छोरा – रोहण खाण

छोरी – रुपालि खाण

दाजुहरु– हरि कृष्ण खाण,बाल कृष्ण खाण

भाई – स्याम कृष्ण खाण,

शिक्षा –स्नातकतह

– श्री शान्ति नमुमा माध्यमिक विद्यालय मणिग्राम , बुटवल बहुमुखी क्याम्पस र त्रिभुवन विश्व विद्यालय ,काठमाडौ 


उनले बुटवल बहुमुखी क्याम्पसमा आइए सम्मको अध्ययन र किर्तिपुर क्याम्पसबाट स्नातकसम्मको अध्ययन सकेका छन् । राजनीति, बि.स. २०३५ सालदेखि पञ्चायत बिरोधी आन्दोलनमा सहभागि , बि.स. २०४० सालबाट राजनीति आरम्भ, बि.स. २०३८मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परेनन् केहि समय हिरासतमा बसे त्यसपछि २०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गिरीजाप्रसाद कोइराला लगायतका नेताहरुको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्धारमा सक्रियता पुर्वक लागे ।


 बि.स. २०४२ को सत्याग्रहका बेला अग्र मोर्चामै खटिएका उनी भाग्यबस जेल जानबाट जोगिएपनि जेल परेकाहरुको रिहाइ, खानपान, खवर आदानप्रदानको काममा सक्रिय भए ।  बि.स. २०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिए ।  बि.स. २०४७ सालताका बुटवल बहुमुखी क्याम्पसमा स्ववीयु इकाइको कोषाध्यक्ष भए । उनी  बि.स. २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भए ।  बि.स. २०६६ मा सचिव भएका उनी जिल्लामा दुई कार्यकाल सचिव भएर कांग्रेसको संगठनलाई बलियो बनाउदै सफल नेतृत्व दिएर परि आफ्नो छवि उच्च राख्न अब्बल छन् ।


उनी जनताका माझ स्पष्ट वक्ताको रुपमा परिचीत छन ।हाल उनी नेपाली कांग्रेस रुपन्देहीका सभापति छन् भने भर्खरैमात्रै तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्बाचित भएका छन्।शुक्रबार मात्रै सपथ लिएका खाणले नगर परिसरमा ५ बृक्ष रोप्दै शिक्षा र स्वास्थ्यको क्षेत्रमा बिकाश र लगानी गर्ने भन्दै दिवा खाजामा १० रुपैया थप गर्ने पहिलो निर्णय गरेका छन्।नगर परिसरमा पाइला राख्नु अघि नगरपालिकाको दैलो ढोग्दै उनले स्वस्ति शान्ति पाठ समेत गरिएको थियो।  नगरप्रमुखको कक्षमा निबर्तमान नगरप्रमुख बासुदेव घिमिरेले खाणको स्वागतमा माला अबिरले स्वागत गरेका थिए। 



कमेन्ट गर्नुहोस्