
तिलोत्तमा सिटी न्युज, जेष्ठ १२ गते २०७९ । रुपन्देहीमा मात्रै नभएर देशमै चर्चा बोकेको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण खांडको जित सुनिस्चित भएको हो । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गरेका हुन् । करिब ५ सय मत गणना बाँकी नै छ तर खाँण ८ सय मतले अगाडि छन् ।उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित बिजयी भएकी छन ।
औपचारिक घोषणा भने बाँकी छ । तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हाे भने एमाले उपाध्यक्ष बिष्णु पाैडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमाेर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हाे। तिलाेत्तमामा विस २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियाे ।
तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाध्यक्षहरू :
वडा न
१ फर्सुराम गिरी एमाले
२ डिल बहादुर भट्टराई कांग्रेस
३ कल्याण पौडेल कांग्रेस
४ हरि बहादुर क्षेत्री एमाले
५ रमेश डुम्रे कांग्रेस
६ गणेश पाठक कांग्रेस
७ देवी प्रसाद पंगेनी नेकपा एमाले
८ कृष्ण पौडेल एमाले
९
१० गोपाल घिमिरे एमाले
११ बिष्णु बहादुर बराल एमाले
१२ सहदेव थारु एमाले
१३ नारायण ढकाल कांग्रेस
१४ असविन पौडेल कांग्रेस
१५ खेमराज गुरुङ एमाले
१६ झविलाल भुसाल कांग्रेस
१७ दान बहादुर चौधरी कांग्रेस
तिलोत्तमा नगरपालिकामा हालसम्म ९ नम्बर बाहेक सबै वडाको अन्तिम परिणाम आई सकेको छ। ति वडा मध्ये वडा नं १,४,७,१०,११, १२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३,५,६,१३,१४,१६ र १७ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ।
कमेन्ट गर्नुहोस्