लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिसस रुपन्देही गठनको तयारी सुरु,बहुमत नपुग्दा गठबन्धन जरूरी

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १० गते २०७९ । रुपन्देहीका २ पालिकामा अझै अन्तिम मतपरिणाम आएको छैन । १६ पालिका रहेको रुपन्देहीमा १४ पालिकाको नतिजा आइसकेको छ । तर पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा जिल्ला समन्वय समिति (जिसस) गठनको रस्साकस्सी सुरु भएको छ। जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ। पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बसिसक्नु पर्छ। उक्त सभाले जिसस गठन गर्छ। 


जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढिमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनुपर्ने छ। पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ।


रुपन्देहीमा यस्तो छ अवस्था :-

कुल मतभार ३२

कांग्रेस– ९/९/प्रमुखप्रमुख र ४/उपप्रमुख

एमाले– ३/प्रमुख र ७/उपप्रमुख

जनता प्रगतिशिल पार्टी– १/प्रमुख र १/उपप्रमुख

जसपा– १/प्रमुख मात्र 

लोसपा– १/उपप्रमुख मात्र

राप्रपा– १/उपप्रमुख मात्र


तिलोत्तमा र कोटहीमाईको मतपरिणाम आइसकेको छैन। यहाँको नतिजाले समीकरणमा परिवर्तन ल्याउन सक्छ। तर, अहिलेसम्मको परिणामले १७ मत ल्याएर बहुमत कसैको नपुग्ने भएकोले गठबन्धन गर्नुपर्छ।

कमेन्ट गर्नुहोस्