लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा मतगणना सुचारु,२ र १६ वडाको पुनःगणना गर्ने सहमति

IMG

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९।  रुपन्देहीको तिलोत्तमामा हिजो बिहानदेखि रोकिएको मतगणना सुचारु भएको छ । मतगणनामा विवाद सिर्जना भएपछि तिलोत्तमा नगरपालिकामा मतगणना हुँदै गरेका वडा नं २ को सोमबार साझबाट र वडा नं १६ को मंगलबार बिहान देखि गणना रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको बैठकले बुधबार साँझदेखि नै मतगणना सुचारु गर्नेगरी सहमति गरेको हो । सहमति अनुसार गणना हुँदै गरेको वडा नं २ र १६ को पुनः गणना गरिने छ । ती दुई वडाको पुनः गणनाको लागि निर्वाचन आयोगले निर्देशन गरेको थियो । लगत्तै बाँकी वडाको पनि मतगणना गर्ने, मतगणनामा निजामती सेवाका कर्मचारी राख्ने, प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सबै केन्द्रमा निरीक्षण अवलोकन गर्न पाउने छन् ।


सबै मतगणना केन्द्रमा दलले तोकेको १-१ जना मात्रै प्रतिनीधि बस्न पाउने, उम्मेदवारसंग अरु कुनै व्यक्ति जान नपाउने, स्वतन्त्र उम्मेदवारको हकमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले पनि सबै केन्द्रमा निरीक्षण गर्न पाउने, प्रतिनीधि राख्न चाहेमा एक जना एउटा केन्द्रमा मात्रै राख्न पाउने, उम्मेदवार बस्न चाहेमा प्रतिनीधि राख्न नपाउने सहमति भएको छ । मादक पदार्थ सेवन गरेका कोहीपनि मुलगेटबाट भित्र पस्न नपाउने, मतगणना स्थलमा मोवाईलको प्रयोग गर्न नपाउने सहमति भएको छ । अहिले मतगणना सुचारु भएको छ। 



कमेन्ट गर्नुहोस्