लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको मतगणना विवाद कायमै

IMG

तिलोत्तमा सिटी, जेष्ठ ३ गते २०७९ । बिहानै देखि तिलोत्तमा नगरपालिकाको निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनःमतगणना गर्न माग गरेका छन् । सर्बदलीय निर्णय संगै बाहिर आएर पुन: मतगणनाको बिरुद्ध  प्रेस बिज्ञप्ति निकालेको नेकपा एमालेको आरोप छ। त्यसो त सर्बदलिय बैठक बसेसंगै तिलोत्तमाको चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक प्रेस वक्तव्य जारी गरी मत हेरफेर गर्ने कर्मचारीलाई कारवाही गर्न र पुनः मतगणना गर्न माग गरेका हुन् ।‘प्राप्त मत अंकलाई गलत रुपमा प्रस्तुत गरी मतपरिणामलाई बङ्ग्याई तोडमोड गरी अमूक कुनै पार्टीलाई जिताउने नियतले काम गरेको र अमूक दलबाहेक अन्यदलका मतगणना प्रतिनिधिहरुबाट गल्तिलाई सच्याउन पटकपटक दिएको सुझावलाई पूर्णरुपमा बेवास्ता गर्ने गरेको प्रति हामी निम्न दलहरु घोर भत्सना गर्दै यसमा सम्लग्न राष्ट्रसेवक कर्मचारीहरुलाई यथार्थ छानविन गरी निर्वाचन सम्बन्धी कसुर अन्तर्गत कारवाही गरिपाउँ ।’-विज्ञप्तिमा भनिएको छ ।


यता नेकपा एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले कुरै नबुझी नेपाल सरकारको कर्मचारी हेरफेर गर्न आतुर भएकोमा छक्क परेको बताए।  सानो त्रुटिलाई ठुलो बनाएर गठबन्धन र अन्य दलले मतगणनालाइ प्रभाव पारेको बताए। 


कमेन्ट गर्नुहोस्