लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मतदान केन्द्र र मतगणनास्थलमा पालको व्यवस्था गर्नू : आयोग

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ ।  निर्वाचन आयोगले मतदान र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार चुनावको दिन देशभर पानी पर्ने भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हाे । 


‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिककाे व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निर्णय भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भन्नुभयो ।यसको समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको पनि उहाँले जानकारी दिनुभयो । 

कमेन्ट गर्नुहोस्