लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशमा यत्रो ठुलो चुनाब छ , खै बामदेव गौतम ?

IMG

तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम देशमा भएको यत्रो ठुलो चुनावमा कहिँ कतै देखिएका छैनन्। खै बामदेव कता गए भन्नेहरु बजारमा छ्याप्छ्याप्ती भेटिन थाले तर कहिँ कुनै संचार माध्यममा समेत उनि भेटिएका छैनन्। यहि बैशाख ३० गते हुने स्थानिय तहको चुनाबमा उनले कहीं कतै सभामा सम्मेलनमा भाग समेत लिएका छैनन।  आखिर किन यसरी एकाएक गौतम लापत्ता भए। वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका उनि केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको थियो । 


राजनीतिक वृत्तमा कहिलेकाहीँ ह्वात्तै चर्चाको शिखरमा सुनिने नाम हो- बामदेव गौतम । तत्कालीन नेकपा विभाजन सुरु हुनै खोज्दा पार्टी एकता महाअभियान बोकेर अघि बढेका गौतम एमाले विवादमा पनि पार्टी मिलाउनैतिर सक्रिय देखिए ।नेपाली राजनीतिमा अस्थिरताको परिचय बनाइसकेका गौतम यतिबेला गुमनाम जस्तै छन् । नेकपा फुट्न नदिने महाअभियानमा लागेका गौतमले एमाले जोगाउन पनि हरदम प्रयास गरे तर, सफल हुन सकेनन् ।जनताको बहुदलीय जनवादका पक्षपातीसमेत रहेका गौतम पार्टीमा कहिले अध्यक्ष केपी ओलीको आलोचना गरिरहेका हुन्छन् त कहिले तिनै ओलीसँग बैठकमा मिसिन्छन् । 


गौतमले पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यनीतिबारे स्पष्टता खोजेका छन् । उनले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने बटमलाइन बनाएका छन् भने जबज छाड्न नहुने उनको अडान छ । नेकपा एसको कार्यनीति जनताको बहुदलीय जनवाद नभई जनताको बहुदलीय समाजवाद हुने स्पष्ट भइसकेको छ । गौतम जबसमा सहमत भए पनि मागदर्शक सिद्धान्त जबज हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्