
तिलोत्तमा सिटी, बैशाख १३ गते २०७९ । सरकारले जेठ १ गतेदेखि सातामा २ दिन विदा दिने निर्णय गरेको छ ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।उनका अनुसार कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म कायम गरिनेछ । पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको हो ।
कमेन्ट गर्नुहोस्