
तिलोत्तमा सिटी,बैशाख ९ गते २०७९। अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका प्रतिनिधि नेपाल आइपुगेका छन् ।नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो ।अमेरिकी संसदीय टोलीको नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमण लगायतका विषयमा पनि छलफल हुनेछ ।अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । टाेली पर्सि नेपालबाट फर्किने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्