लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फेवातालमा तैरिरहेको अबस्थामा अधबैंशे महिलाको श’व फेला

tillotmacitynews - 2022 Apr 22 11:46 PM
IMG

तिलोत्तमा सिटी,बैशाख ९ गते २०७९। पोखराको फ़ेवातालमा तैरिएको अवस्थामा आज बिहान एक महिला मृ’त भेटिएकी छिन।अन्दाजी ४०/४५ वर्ष उमेरको जस्तो देखिने ती महिलाको शरीरमा कुनै चो’ट पटक र दाग नदेखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन्। फेवातालको बीच भागमा रहेको बाराही मन्दिर भन्दा पारि पट्टि पोखरा महानगरपालिका वडा नं.२२ चिसापानी जंगल तल फेवातालको किनारमा उनको शब् भेटिएको प्रहरीले जानकारी दिएको छ।

एक दिन अघि मृ’त्यु भएको जस्तो देखिने ती महिलाको श’ब पानीले ढाडिएको अवस्थामा देखिएको बताइएको छ।वर्ण कल्साउँदो, मंगोलियन अनुहार, मोटो शरिर, वाँया हातको साईली औंलामा रातो पत्थर सहितको पहेँलो औंठी लगाएकी रातो चुरा लगाएकी, उचाई ५ फिट, खैरो रंगको टिसर्ट, नीलो सुरुवाल लगाएकी ती महिलाको पहिचानका लागि प्रहरीले आज फोटो पनि सार्वजनिक गरेको छ।


कमेन्ट गर्नुहोस्