
तिलोत्तमा सिटी, बैशाख ८ गते २०७९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल उपमहानगर पालिकाको प्रमुखमा मृगेन्द्र कुमार शेरचनलाई उठाउने घोषणा गरेको छ। विहिबार बुटवलमा आयोजित पार्टीको विशालसभामा शेरचनलाई बुटवलको मेयरमा उठाउने घोषणा भएको हो ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा सैनामैना नगरपालिकाबाट मिन प्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाल, सिद्धार्थ नगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा ब्यवसायी माधव रिमाललाई नगर प्रमुखको रुपमा अगाडी सार्ने घोषणा भएको हो ।
कमेन्ट गर्नुहोस्