
तिलोत्तमा सिटी, बैशाख ८ गते २०७९। गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भए पछि नलगिएको प्रहरीको भनाइ छ। सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् ।
कमेन्ट गर्नुहोस्