लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कतारमा बन्दि बनेका २१ जना नेपालीले पाए क्षमादान

IMG

तिलोत्तमा सिटी,बैशाख ६ गते २०७९। कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन् । 


कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ । 

कमेन्ट गर्नुहोस्