लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल स्वयंसेवी रक्तदाता समाजको पहिलो साधारणसभा सम्पन्न

IMG

तिलोत्तमा सिटी,बैशाख ५ गते २०७९। नेपाल स्वयंसेवी रक्तदाता समाजको पहिलो साधारणसभा तथा संस्थाको स्थापना दिवस सम्पन्न भएको छ।  समाजका अध्यक्ष गोबिन्द भुसालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटि लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका सन्दर्भमा बिहानै ब्लड बैंक बुटवलमा रक्तदान कार्यक्रम समेत गरिएको थियो।  


कार्यक्रमको उदेश्य सहित बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष भुसालले रक्तदान जस्तो समाजसेवामा अग्रसर सबैलाई धन्यवाद दिदै सहयोगी सबैप्रति आभार ब्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटि लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनीले विषम परिस्थितिमा पनि समाजले गरेको रक्तदान जस्तो गरिमामय कार्यक्रमले समाजमा राम्रो छाप पारेको बताउनुभयो।  त्यस्तै कोशाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै समाजका कोशाध्यक्ष अन्जु पौडेलले सामाजिक सेवामा अग्रसर भएर सेवा गर्न पाउँदा खुसि लागेको ब्यक्त गर्नुभयो।  करी साढे १ लाखको आय व्यय सार्बजनिक गर्दै उहाँले सबै सहयोगीप्रति धन्यबाद ज्ञापन गर्नुभयो। 


कार्यक्रममा बोल्दै समाजको सकारात्मक कार्यको प्रशंशा गर्दै समाजका सल्लाहकार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, नेपाल रेडक्रस सोसाइटि मणिग्राम उपशाखाका सभापति टेक बहादुर थापा, सल्लाहकार देवी वाग्ले, बनबाटिका का अध्यक्ष तथा नेकपा माओबादिका तिलोत्तमा नगर अध्यक्ष बेल प्रसाद शर्मा, अर्जुन प्रसाद पौडेल लगायतले आगामी सफलताको शुभकामना ब्यक्त गरेका थिए। संस्थाका उपाध्यक्ष पूर्ण चन्द्र सुबेदीको स्वागत मन्तब्य बाट शुरु सो कार्यक्रमको संचालन सगर पाठकले गरेका थिए।

 

कमेन्ट गर्नुहोस्