
तिलोत्तमा सिटी,२०७८ चैत्र २६ गते। रुपन्देही जिल्लामा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)जिल्ला समिती रुपन्देहीको र नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समिती रुपन्देहीको जिल्ला भेलाले संगठनको ११ सदस्यिय सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको छ। तिलोत्तमाको कृषि बिकाश बैंक हलमा आज सम्पन्न भेलाले नयाँ कमिटी चयन गरेको हो।
संगठनका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कानुन न्याय तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले नेपालमा कार्यत्रत कर्मचारीहरुले इमान्दारिता संगै सेवा ग्राहीलाई सहज पहुँच पुग्ने गरि जनताको सेवामा लाग्नु पर्ने बताउनुभयो। उहाँले कर्मचारीमा लागेको नकारात्मक ट्यागलाई विस्थापन गर्न कर्मचारीले आफुलाई निश्ठापुर्बक काम गर्ने एउटा सच्चा पहरेदारको रुपमा हेर्नुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै बिसिष्ठ अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देहीका नेता हकी कुल्लाह खाँले कर्मचारीको सेवा सुबिधा अन्य देशको तुलनामा कम भएकाले त्यसप्रति पनि खुसीसाथ् आफ्नो कर्तब्य निभाउनुभएका कर्मचारीको मुक्त कंठाले प्रशंशा गर्नुभयो। जिम्मेबार बनेर देशको बिकाश र सेवा पहुँचमा अग्रणी भूमिका खेलेको भन्दै संगठनमा आबद्ध सबै कर्मचारीलाइ धन्यबाद ज्ञापन गर्नुभयो।
सो भेलालाई सम्बोधन गर्दै नेकपा माओबादीका जिल्ला संयोजक निर्मल जिसीले कर्मचारीको हक हित र अधिकारका लाग्गी पार्टी सधै एक ढिक्का भएको र जनताको सहज सेवा प्रति कर्मचारी सधै चनाखो र सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो।
भेलामा नेता गोबिन्द केसी, हुमनाथ न्यौपाने, पुष्पराज ढकाल, हरि रावल, मिन प्रसाद ज्ञवाली, कृष्ण कुमार बन्जाडे ,सोमनाथ शर्मा लगायतले बोल्दै नयाँ चयन भएर आएका समितिलाइ बधाई र सफल कार्यकालको लागी शुभकामना दिएका थिए।
पौडेल र न्यौपानेको नेतृत्वमा समिति गठन
आज सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)जिल्ला समिती रुपन्देहीको र नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समिती रुपन्देहीको जिल्ला भेलाले संगठनको ११ सदस्यिय सर्बसम्मत नयाँ नेतृत्व चयन गरेको छ। राजेन्द्र प्रसाद पौडेलको नेतृत्वमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)जिल्ला समिती रुपन्देही गठन भएको छ। जसको उपाध्यक्षमा राकेश यादव,सचिव इन्द्र कुमार राई, सहसचिव गोबिन्द प्रसाद भुर्तेल, कोशाध्यक्षमा गीता शर्मा, र सदस्यहरुमा जिबलाल भुसाल, बेचेन तामांग, योगमाया घिमिरे, अकलेश यादव चयन भएका छन् भने प्रदेश प्रतिनिधिको रुपमा किशोर ज्ञवाली, केशवराज पाण्डे, माधव पौडेल चयन भएका छन्। केहि महिला सदस्य र प्रतिनिधि भने चयन गर्न बाँकी रहेको कार्यक्रम संचालक हरि खड्काले जानकारी दिनुभयो।
त्यस्तै आजै संयुक्त रुपमा सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समिती रुपन्देहीको जिल्ला भेलाले उत्सव न्यौपानेको अध्यक्षतामा ११ सदस्यिय समिति चयन गरेको छ। जसको उपध्यक्षमा चेत नारायण न्यौपाने र गोमा पन्थी, सचिवमा खिम बहादुर पाण्डे, सहसचिव अम्बर रावल , कोशध्यक्ष श्याम प्रसाद भुसाल, र सदस्यहरुमा बिन्दु चौधरी , दिनेश नेपाली, घनश्याम भुसाल, दिपक खनाल, रहेका छन्। त्यसो त समितिको केन्द्रिय प्रतिनिधिमा जिबन भट्टराई, हिमलाल भुसाल , गोबिन्द खनाल , दिपक जिसी, रहेका छन् भने प्रदेश प्रतिनिधिमा बिनोद भट्टराई, र अम्बर रावल रहेका छन्।
कमेन्ट गर्नुहोस्