लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोलीआइतबार सार्वजनिक बिदा

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र २१ गते ।  रामनवमीका अवसरमा सरकारले भोली आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।


रामनवमीको धार्मिक एबम सामाजिक महत्व 

राम नवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिआएकोछ ।


राम मन्दिरहरुमा विहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतीक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्नकालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी राम नामको कृपाले हामीसबैमा सत्यमार्गको द्वार खुलोस् ।


त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ ।अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मिकी पुराण अनुसार भगवान रामको जन्म पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान रामको राज्य (राम राज्य) पनि न्यायकालागि नूमना मानिन्छ ।


रामलाई वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै बढि पुजिने भगवानका रुपमा लिइन्छ । त्यहि भएर रामका भाईहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरु तीनजना भाईहरु थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सवैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लङ्का तहननहस बनाउने प्रमुख पात्र पनि हुन् ।


राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएतापनि रावण आँफै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोक्तम रामको हताबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरि रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरु पनि छन् ।


बैकुण्ठ निवासी भगवान विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक( रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यहि कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरुलाई सुखशान्ति दिएका कारण भगवान रामलाई युगपुत्रका रुपमा पुजिन्छ।


आजभोली सनातन धर्मका भगवानरुपी पात्रहरु राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा ब्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन्, भागवत गीता देखि पुराण्हरुका कुना कुना सम्म पनि हिन्दुधर्म लाई धर्म भन्दा पनि जिवन वाँच्ने शैलीका रुपमा मात्र ब्याख्या गरिएको छ । सत्यपथ, धर्म अनि मानवता लाई प्रकृतीप्रेम सगँ एकढिक्काका रुपमा सनातन धर्मले ब्याख्या गरेको छ ।

कमेन्ट गर्नुहोस्