लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतको लोकप्रिय नमकिन,भुजिया हल्दीराम बिबादमा

IMG

निशा शर्मा , भारत चैत्र २४ गते २०७८। भारतको लोकप्रिय नमकिन,भुजिया हल्दीरामअहिले विवादमा आएको छ। यो प्रोडक्टले भारत नेपाल लगायत विभिन्न देशहरुमा आफ्नो एउटा पहिचान बनाउन सफल भएको थियो । भारतीय ब्रांड भनिएको हल्दीराम नमकिनमा  मुस्लिम भाषाको उर्दू शब्दमा लेखिएको केही  बिबादस्त्पाद अक्षरका कारण यो विवादित हुन पुगेको छ। 


भारतीय मिडियाले छानविन गर्न खोज्दा एस कंपनीका मैनेजरले केही पनि जानकारी नदिने भन्दै रिपोर्टरहरूलाई धम्क्याएको कुरा आम जनतासम्म पुगे पछि विवाद झन धेरै बढ्न ‌गएको हो । चैत्र नवरात्रिमा खाने चोखो फलहार भनेर यो कंपनीले केही खास भुजियाहरु निकालेको छ र भारतीयहरुमा हिन्दुहरुले चोखो फलहार भनेर आजसम्म विश्वास गर्दे आएका पनि थिए। तर फलहार भनेर विशेष हिन्दुहरुलाई मध्यनजर राखेर बनाएको भुजियामा एक्कासी उर्दू लेखेको देख्दा हिन्दुहरुले चासो राखेका हुन्।  विवादले ठूलो रुप तब लियो, जब यस प्रोडक्ट कंपनीका म्यानेजरले केही जानकारी नदिएको र खाने भए खाऊ नत्र नकिन जाऊ जस्ता वयान दिएकोले पनि झन् यो प्रोडक्ट प्रति सेवाग्राहीहरुको बितृष्णा जागेको हो । यो प्रोडक्ट कुनै विदेशी ब्रांड नभएर शुद्ध भारतीय ब्रांड हो तर पनि अंग्रेजी र उर्दूमा किन लेखेको हिन्दी भाषामा किन केही नलेखेको भन्दै विवाद झन् चर्केको छ। विवादको टुंगो कसरी लाग्छ त्यो भने भारतीय मात्र नभई नेपाली बजारमा समेत पर्खाइको बिषय बनेको छ।

कमेन्ट गर्नुहोस्