लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अवदेखि हप्तामा २ दिन सार्वजनिक बिदा हुने

IMG

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। सरकारले मुलुलकलाई आर्थिक संकटबाट टार्न २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आज बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको हो।मन्त्रीपरिषद्ले सरकारी खर्चमा समेत २० प्रतिशत कटौती गर्ने तथा शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय समेत गरेको बताईइको छ।मुलुकमा आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कको सुझावका आधारमा २दिन बिदा दिने निर्णय भएको हो।


यसअघि पनि सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन सुझाव आएको भएपनि सरकारले कार्यान्वयन गरेको थिएन।

कमेन्ट गर्नुहोस्