
चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। रिटर्नि फेडेरेशन तिलोत्तमा-११ को वडा कमिटि गठन भएको छ। सन्तोष अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी कार्यकालको लागि अमृत केसीको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ। जसको बिशिष्ठ उपाध्यक्षमा खुमकांत डुम्रे, सचिवमा बिबेक न्यौपाने, सह सचिवमा अशोक पौड्याल र सदस्यमा प्रकाश तिवारी रहेका छन्। नेकपा एमाले जिल्ला सदस्य राधा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमममा बिसिष्ठ अतिथि नेकपा एमाले जिल्ला सदस्य केसव गौतमको पनि उपस्थिति रहेको थियो। भविश्वर पाण्डेयको स्वागतबाट शुरु भएको सो कार्यक्रमको संचालन यम प्रसाद पोख्रेलले गर्नुभएको कार्यक्रम संयोजक गोविन्द पौडेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस्