लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पाको भुतखोलामा डुबेर रुपन्देहीका १८ वर्षीय प्रसन्न पोखरेलको मृत्यु

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सा नजिकै भुतखोलामा डुबेर रुपन्देहीका १८ वर्षीय प्रसन्न पोखरेलको शुक्रबार मृत्यु भएको छ ।हातमुख धुन भुतखोलामा गएका रूपन्देही बुटवल उपमहानगरपालिका-८, का पोखरेललाई प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए -पोखरेल तीन जना साथीहरुसँगै सिद्धार्थ राजमार्गको छेउमा पर्ने आङखना घुम्न पुगेका थिए । सोही क्रममा खोलामा हातमुख धुन जाँदा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।,यस्तै ईलामको माई नगरपालिका-१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राइको बिहीबार मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।


यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल बिष्टको बिहीबार मृत्यु भएको छ । उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।अछामको मंगलसेन नगरपालिका–३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार मृत्यु भएको छ ।


उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने रमा रानामगरको बिहीबार मृत्यु भएको छ ।रौतहटको चन्द्रपुर नगरपालिका–२ छाँगासिर झरनाको पानीमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय कमल उपाध्यायको बिहीबार दिउँसो मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्