लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचन आयोगले मतपेटिका भण्डारण र मतगणनास्थलको अनुगमन गर्ने

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले देशभर मतपेटिका भण्डारण र मतगणना स्थलको अनुगमन गर्ने भएको छ।त्यसका लागि आयोगले सबै स्थानीय तहमा मतपेटिका भण्डार र मतगणनास्थलमा सीसीटीभी जडान गर्न र त्यसको भिजुअल रेकर्ड राख्न उपकरणहरुको बन्दोबस्त गर्न परिपत्र गरेको हो ।‘मतदान सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको अनुगमन आयोग परिसरबाटै गर्ने उद्देश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणालीको प्रयोग गर्न आयोगबाट निर्णय भएको’ आयोगले १ चैत २०७८ मा गरिएको निर्णयको परिपत्रमा भनिएको छ, ‘उक्त प्रणाली सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न निर्णय गरेकोले सो अनुसार आवश्यक ब्यवस्था मिलाउन निर्णयानुसार अनुरोध छ ।’


कमेन्ट गर्नुहोस्