लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा होली मिलन कार्यक्रम सम्पन्न

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा आयोजित होली मिलन कार्यक्रम तिलोत्तमा ११ रामनगर सम्पन्न भएको छ । सधै जसो कार्यालय नजिक परिसरमा गरिने होलीमिलन कार्यक्रम यस बर्ष भने तिलोत्तमाको रामनगरमा भएको हो।संघका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षतामा एवं सोह्र छत्तीस संयुक्त सिचाइ प्रणालीका अध्यक्ष एवं तिलोत्तमा चेम्बर अफ कमर्सका सल्लाहकार यज्ञ गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्व एवं अतिथिहरुले अबिर लगाउदै सान्दर्भिक शुभकामना मन्तब्य राख्नु भएको थियो । 


सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि यज्ञ गैरेले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो।  साथै गैरेले आगामी दिनमा यस्तै घुम्ती तरिकाले सबैलाई समेटने गरी कार्यक्रमहरु अगाडि बढाउदै लैजानु हुन अनुरोध गर्नु भएको थियो । संस्थाका अध्यक्ष बाबुलाल भुसालले संघको कार्ययोजना अनुसार उद्योगी , व्यावसायिक एवं सामाजिक कार्यहरुमा निरन्तर अगाडी बढिरहेको जानकारी गराउनु दिनु भएको थियो। साथै उहाले सम्पुर्णमा २०७८ सालको फागुपुर्णीमा रङ्गहरुको पर्व होली मिलनको शुभकामना व्यक्त गर्नु भएको थियो । 


कार्यक्रममा स्वागत मन्तव्य संघका द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपानेले राख्नु भएको थियो भने शुभकामना मन्तव्य संघका संस्थापक अध्यक्ष एवं संरक्षक तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे , नगर सदस्य राधा साही , उद्योगी मीन प्रसाद पोखरेललगायतले शुभकामना एवं आ-आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव बिष्णु बरालले गर्नुभएको थियो । साथै कार्यक्रममा अन्य अथितीहरु , सल्लाहकार , पुर्व पदाधिकारी , पुर्व कार्यसमिति सदस्य , पुर्व लेखासमिति साथै संघका पदाधिकारी , कार्यसमिति सदस्य , लेखासमिति , उद्योगी , व्यवसायी सदस्यज्यूहरु , सामाजिक व्यक्तित्वहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनु भएको थियो ।


कमेन्ट गर्नुहोस्