लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्युठानमा बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते

tillotmacitynews - 2022 Mar 19 09:50 PM
IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार घाइते २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।


प्युठानबाट घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस प्युठानको माण्डवी गाउँपालिका–२ सेतोपरामा दुर्घटना भएको हो । करिब ३० जना यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्