
तिलोत्तमा सिटी,फागुन २४ गते २०७८। श्रमिक महिलालाई पुरुषलाई जत्तिकै काम गराएपछि उनीहरुको ज्याला र सुबिधा पनि बराबर हुनुपर्नेमा तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीले जोड दिनुभएको छ। महिलाले गरेको काम झनै राम्रो र सबल हुने बताउंदै स्थानिय समुदायको प्रतिनिधित्व गरेर उपमेयर पदमा निर्बाचित भएकी चौधरीले नेपालमा श्रमिक महिलाको दयनिय अवस्था रहेकोले महिलाको हक अधिकार र सेवा सुबिधाको लागी महिला एक्लै नभएर पुरुषले त्यसमा सहयोग गर्नुपर्ने बताउनु भयो। सधै महिला पिछडिनुको मुख्य कारण हिम्मत साहस र अवसर भएकोले सिप सिकेर दक्ष बनेपछि आफ्नो हक अधिकार र सामाजिक न्याय तथा लैंगिक समानताका लागि थप बल पुग्ने उहाको भनाई छ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोहमा बोल्दै नगर उपप्रमुख तथा सो कार्यक्रमका अध्यक्ष जागेश्वर देवी चौधरीले श्रमिक महिलाको साहस, हिम्मत, मेहनत र लगाव प्रति आफु सधै सहयोगको लागि प्रतिबद्ध रहेको बताउनुभयो। नगर उपप्रमुख चौधरीले श्रमिक महिलाको मनोभावना र जिबन भोगाई अनुभवले आफुलाई भावुक बनाएको भन्दै समान ज्याला र समान अवसर प्राप्तिका लागि महिला अग्रसर हुनुपर्ने र काम लगाउने संस्थाले समेत यसप्रति जिम्मेबार भएर लाग्नुपर्ने बताउनुभयो। श्रमिक महिलाको भावना र अनुभव सुनेर भावुक हुनुभएकी उपप्रम्युख चौधरीले आफुलाई समान ज्याला नपाए या महिला भएकै कारणले हिँसा या असमानता व्यहोर्नुपरे नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्न समेत आग्रह गर्नुभयो। नगर भित्रका महिलाको हिम्मत र साहसको उच्च कदर गर्दै उहाँले श्रमिक महिलाको समस्यामा आफु सदैव डटेर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।
११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र कार्यरत ११९ जना महिला श्रमिकलाई साईकल बितरण गरेको छ। मंगलबार नगरपालिका प्राङ्गणमा आयोजित ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोह तथा साईकल बितरण कार्यक्रमका बीच सो सामाग्री बितरण गरिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा नगरभित्र बस्ने र विभिन्न संघ संस्था, ग्रिल उद्योग, ड्रिल उद्योग, ग्यारेज, निर्माण कार्य, कम्पनीहरुमा कार्यरत हरेक वडाका ७ जनाका दरले ११९ जनालाई साईकल बितरण कार्य गरेको हो। प्रतिनिधिमुलक ७ जनालाई साईकल हस्तान्तरण गरि शुरुवात गरिएको सो कार्यक्रम अन्तर्गत वडाले सिफारिस गरे बमोजिम अति बिपन्न, श्रमिक महिलालाई साईकल बितरण गरिएको हो ।
कार्यक्रममा आफ्नो श्रमबारे आफु कार्यरत कामको अनुभव सुनाउदै तिलोत्तमा १ निवासी मनिषा पन्थी, तिलोत्तमा १२ निवासी दिपा रोका मगर, तिलोत्तमा ८ निवासी सुस्मिता सार्की , तिलोत्तमा ४ निवासी पुजा सुन्दास र तिलोत्तमा ७ निवासी सुस्मिता लामिछानेले हरेक संस्थाले महिला र पुरुषलाई समान ज्याला र समान ब्यबहार गर्नुपर्ने बताएका थिए। उनीहरुले महिलाले आफ्नो सिप दक्षता र अनुभवले सबैको मन जित्न सकिने बताउदै परिवारको पालनपोशणमा समेत महिलाले पुरुष जत्तिकै मेहनत र परिश्रमगरि अघि बढेको बताएका छन्।
प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरे , उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवाली, नगर प्रबक्ता सुरेन्द्र श्री, संघ संस्थाको तर्फबाट यज्ञ गैरे, नेकपा एमालेका तामानाथ पाण्डे, नेपाली कांग्रेसका सभापति हरिलाल पाण्डे, नेकपा माओबादीका बेल प्रसाद शर्मा, जसपाका नगर अध्यक्ष राज्नेद्र यादव, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसाल,घरेलु तथा साना उद्योग महासंघका इश्वर कार्की , बाल संजाल तिलोत्तामाकी उपाध्यक्ष बिद्ध्या भुसाल, आनन्दबन शंकरनगर खानेपानीका केशव राज न्यौपाने, विभिन्न टोल बिकाश संस्था, आमा समुह, महिला अधिकार कर्मी, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्