लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीद्धारा सियारीमा चेख खेलकुद तालिम प्रदान

IMG

तिलोत्तमा सिटी,फागुन २३ गते २०७८।नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र सियारी गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको ाछ । दुई दिन सम्म सियारी गाउँपालिका वडा नम्बर ५ मा रहेको विशेष शिक्षा प्रदान गर्ने विद्यालय विरेन्द्र माविमा तालिम आयोजना गरिएको हो ।तालिमका  एक कार्यक्रमका विच समापन गरिएको छ । विरेन्द्र मावि छपियाका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सियारी गाउँपालिका नगर कार्यपालिका सदस्य देवकी खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।  तालिममापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खरेलले  दृष्टिविहनता भएका विद्यार्थीहरुले पनि चेस खेलमा सहभागी भएको देख्न पाउँदा अत्यान्तै खुसी लागेको बताईन ।उनले गाउँपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्याक्तिहरुको हितको लागि  जहिले पनि सहयो गर्ने प्रतिवद्धता जनाईन ।


कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका सदस्य चन्द्रकान्त शर्मा, रुकमणी चौधरी विद्यालयका स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए । रुपन्देही नेत्रहिन संघका सचिव टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा परियोजना फिल्ड अफिसर अस्मीता क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिईन ।  दुई दिन सम्म चलेको तालिममा प्रशिक्षक जीवन  पोख्रेलले सहजीकरण गरेको सियारी नेत्रहिन संघका अध्यक्ष माधव कण्डेलले जानकारी दिए ।सोही कार्यक्रममा रुपन्देही नेत्रहिन युवा संघले विद्यालयमा अध्यायनरत  दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि खेलकुद सामग्रीको रुपमा विशेष प्रकृतिको चेस बोर्ड तथा गोटीहरु प्रदान गरेको थियो ।


कमेन्ट गर्नुहोस्