
तिलोत्तमा सिटी, फाल्गुण २१ गते २०७८।लुम्बिनी प्रदेशमा मानव अधिकार हननका हिसाबले सबैभन्दा बढी घटना दर्ता भएको प्रदेशका रुपमा देखिएको छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ घटनाहरु पिडितहरुले दर्ता गरेको देखिएको छ । अपहरण, गिरफतारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानविय ब्यवहार, घाईते, हत्या, जातीय विभेद, अभिब्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८६ घटनाहरु दर्ता छन । जुन २९ प्रतिशत हुन आउछ ।
यसैगरि प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हननका घटना दर्ता भएका छन ।
ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजको आयोजनामा शनिबार बुटवलमा लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा हिसाका घटना ठुलो संख्यामा दर्ता हुनु निक्कै गम्भिर भएको बताए । कार्यक्रममा ईन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उलंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडी रहेको भन्दै रिपोर्टको संख्या बढ्नुभनेको आम नागरिकमा सचेतना बढ्नु पनि देखिएको उनको दाबी छ । प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनिय रहेको उनले बताए ।
लुम्बिनी प्रदेश मुख्य न्यायाधिबक्ता श्रीकृष्ण सुवेदीले ईन्सेकको २९ वर्षदेखि निरन्तर प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तक एउटा महत्वपुर्ण पुस्तक भएको दाबी गरे। अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम पुस्तकको तथ्याकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिवद्घता जनाए ।कार्यक्रममा शान्ति समाज तथा मानव अधिकारका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले मानव अधिकारको परिभाषालाई फरक ढंगबाट समाजमा बुझने काम भएको भन्दै ब्यवहारमा बुझाउन नसकिएको दाबी गरे । हिसाको राजनिति गरिरहेका दलहरुका कारण मानव अधिकार धरापमा रहेको उनको गुनासो छ । घर शान्ति, समाज शान्ति हुँदै देश र विश्व शान्तिको अभियानमा लाग्नुपर्ने उनले सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रामराज पोखरेल, माईती नेपाल रुपन्देहीका अध्यक्ष माया केसीले सबै दृष्टिकोणबाट अध्ययन गरेर वास्तविकता बाहिर ल्याउनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्