लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोमबार नेपाल बन्दको घोषणा

IMG

तिलोत्तमा सिटी, फाल्गुण १६ गते २०७८। नेपालका ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले यहि फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा सहितको कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसीसी पारित गर्ने मुर्खता गरिरहेको भन्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।


आइतबार बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाण्डौमा बसेको बैठकले नेपाल बन्द लगायतका विरोधका कार्यक्रम गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।विज्ञप्तिमा भनिएको छ, 'नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौं ।'साथै उक्त बन्दलाई पुरै तागतका साथ सफल पार्न आयोजक दलले  अनुरोध गरेका छन् । 


विज्ञप्तिमा नेकपाका विप्लव, नेकपा मसालका मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन वैद्य, राजमोका चित्रबहादुर केसी, देशभक्त गणतान्त्रिक मोर्चाका सिपि गजुरेल, नेकपाका ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका आहुती, नेकपा माओवादी समाजवादीका कर्णजीत बुढाथोकीको हस्तान्तर रहेको छ ।


कमेन्ट गर्नुहोस्