
तिलोत्तमा सिटी,फागुन १६ गते २०७८।अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलमा १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् ।नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगरसहित १७ जना बुटवलको बसपार्क क्षेत्र पक्राउ परेका हुन् ।बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए। बन्दका कारण बुटवलसहित रुपन्देहीको जनजीवन प्रभावित भएको छ । राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् ।
कमेन्ट गर्नुहोस्