
तिलोत्तमा सिटी, फाल्गुण १५ गते २०७८। बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा दिउँसो भएको आगलागी भएको हो ।इलाका प्रहरी कार्यलय बुटवलका अनुसार टिनले छाएको पुरानो घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका चार वटा दमकल, स्थानीय र प्रहरीले दुई घण्टापछि साँझ ६ बजेतिर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।आगलागीका कारण जोडिएको पक्की घर पनि चर्किएको डीएसपी केसीले बताए ।
कमेन्ट गर्नुहोस्