लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्राफिक भन्छ, पेट्रोल पम्पमा मोबाइल प्रयोग नगर्नुस , आयल निगम भन्छ,विद्युतीय प्रणालीबाट भुक्तानी दिनु

IMG

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।पेट्रोल पम्पमा मोबाइल निषेध नै गरिएको हुन्छ।  पेट्रोल ज्वलनशील पदार्थ भएकोले जुन सुकै बेला आगलागी हुने डरले त्यस अगाडी , धुम्रपान, सलाई लाइटर नबाल्न र प्रबिधि युक्त मोबाइल समेत नचलाउन आग्रह गरिएको हुन्छ। तर भर्खर मात्र नेपाल आयल निगमले भारतीय सीमाबाट २ किलोमिटर भित्र नेपालतर्फका भू-भागमा पेट्रोलियम पदार्थको खरिद बिक्रीमा नगद कारोबार निषेध गर्ने भएको छ ।भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो रहेका कारण अपचलन हुन सक्ने जोखिम बढेको भन्दै यस्तो तयारी थालिएको निगमले जनाएको छ ।


ती क्षेत्रमा विद्युतीय माद्यमबाट मात्रै इन्धन खरिद बिक्रीको भुक्तानी हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगम सञ्चालक समितिको निर्णयबाट सीमा क्षेत्रका २ किलोमिटर नेपाल भित्रका सबै पम्पहरुमा इन्धन खरिद बिक्री बिद्युतीय प्रणालीबाट मात्रै गर्ने गरी व्यवस्था मिलाउन मातहतका डिपोलाई निर्देशन भएको निगमका प्रवक्ता उपाध्यायले बताए ।


‘हामीले निगमका सबै प्रादेशिक डिपोलाई डिजिटल भुक्तानीको प्रणालीको व्यवस्था मिलाउन निर्देशन दिएका छौं, एक महिना भित्र बिद्युतीय कारोबार हुनेगरी काम अघि बढाउने लक्ष्य छ,’ प्रवक्ता उपाध्यायले भने ।भारतमा भन्दा नेपालतर्फ सीमा क्षेत्रमा अहिले डिजेल तथा पेट्रोलमा कम्तिमा १२ देखि ३० रुपैयाँसम्म प्रतिलिटर सस्तो रहेको निगमले जनाएको छ । विद्युतीय भुक्तानीबाट इन्धन खरिद बिक्रीको काम गर्दा बिक्रीको स्रोत पहिचान गर्न सजिलो हुने निगमको अनुमान छ ।तर पेट्रोल पम्प नजिकै बिधुतिय कारोबार गर्दा जोखिम पनि उत्तिकै रहने देखिन्छ

कमेन्ट गर्नुहोस्