लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोटरी स्थापना दिवसमा रोटरी क्लब अफ रुपन्देहीले गर्यो आश्रममा सहयोग

IMG

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८। रोटरी क्लब अफ रुपन्देहीले रोटरी क्लबको ११७ औं स्थापना दिवस सेवामुलक कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसर पारेर बुधबार तिलोत्तमा मणिग्राम स्थित रामचन्द्र मैनादेवि अनाथ आश्रमका ९ जना विद्यार्थी र २ जना सहयोगी गरि ११ जनालाई निशुल्क स्वास्थ्य बिमा प्याकेज हस्तान्तरण गरेको छ। क्लबले एक औपचारिक कार्यक्रम आयोजना गरि आश्रमका ११ जनालाई पुग्ने गरि करी २१ हजारको स्टेशनरी सामग्री, किताब कापी, सेनेटरि प्याड , मोजा, लागायतका सामाग्रीहरु बितरण समेत गरेको छ। 




रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष राम प्रसाद खरेलको अध्यक्षता तथा आश्रमकी संचालक मैनादेवि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमममा रोटरीको सामाजिक सहयोगले समाजमा ठुलो सहयोग पुगेको कुरा बक्ताहरुले बताएका थिए।क्लबका स्वास्थ्य सेवा संयोजक तथा सो कार्यक्रमका संयोजक राम प्रसाद ढकालको पूर्ण ब्यबस्थापनमा सम्पन्न सो कार्यक्रमममा स्वागत क्लबका दित्तीय उपाध्यक्ष सुबोध भट्टराईले गरेका थिए भने संचालन सचिब बिक्रम रिजालले गरेका थिए।कार्यक्रममा आगामी कार्यकालका लागि निर्बाचित अध्यक्ष ऋषि राम भन्डारी र आश्रमकि अध्यक्ष मैनादेवी भन्डारी, आश्रमका सहयोगी , विद्यार्थी, संचालक तथा रोटरी क्लब अफ रुपन्देहीका पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्