लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवती आत्महत्या प्रकरणमा लुम्बिनी प्यालेसका सन्चालक भुसाल प्रहरी नियन्त्रणमा

IMG

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीको सियारी गाउपालिका वडा नं ५ छपियामा रहेको लुम्बिनी प्यालेस रिसाेर्टका सन्चालक अर्जुन भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।आफ्नै रिसाेर्टमा काम गर्दै आएकी एक युवतीको आत्महत्या प्रकरणमा काठमाडौ प्रहरीले नियन्त्रणमा लिएको हाे।काठमाडौंकाे बुद्धनगर स्थीत एक घरमा भाडामा बस्दै आएकी रविना ढकाल आईतवार बिहान झुन्डिएको अवस्था फेला परेपछि अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियोे।


करीव ४ बर्ष देखि भुसालकाे लुम्बिनी पिस प्यालेस रिसाेर्ट अन्तरगतकाे कृषि फर्ममा काम गर्दै आएकी रविनालाई २ बर्ष अघिबाट बानेश्वरकाे बुद्ध नगरमा रहेको उक्त घरमा राखेको बुझिएकाे छ। गुल्मी घर भएकी ढकाल कृषि प्राविधिक हुन।काठमाडौं प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक सुदिप गिरीले अनुसन्धानका लागि नियन्त्रणमा लिईएकाे र थप कुरा अनुसन्धान पछि मात्रै भन्न मिल्ने बताए।मृतक युवतीका आफन्तले रविनालाई भुसालले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गरेपछि अदालतबाट अनुमति लिएर प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ।प्रहरी श्राेतका अनुसार भुसालले ति युवतीसंग केहि बर्ष यता लिभिङ टुगेदरमा रहेको र आफुलेनै काेठा लिएर राखेको बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्